ग्लोवल हेल्थ वाच बुक लन्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोवल हेल्थ वाच बुक लन्च



काठमाडौं ।जनताको स्वास्थ्य अभियानले प्रकाशन गरेको स्वास्थ्य सम्वन्धि विश्व परिदृष्य (ग्लोबल हेल्थ वाच) पुस्तक नेपालमा पनि विमोचन भएको छ ।
बंगलादेशको ढाकामा हुन गइरहेको जनताको स्वास्थ्य भेलाको तयारी स्वरुप विहिवार भएको राष्ट्रिय भेलामा सो पुस्तकको विमोचन गरिएको हो ।
जनताको स्वास्थ्य अभियन्ता डा. शरद राज वन्तको नेतृत्वमा सो पुस्तक लोकार्पण गरिएको हो ।
विभिन्न देशका राज्यले दिने स्वास्थ्य प्रतिवेदनको वैकल्पिक रुपमा सो प्रतिवेदन जनस्तरबाट अध्ययन गरी प्रकाशन गरिएको डा.वन्तले बताए । विश्वका विभिन्न देशमा विमोचन गरिएको सो पुस्तक जनताको नजरबाट लेखिएको छ ।
विमोचन कार्यक्रममा विश्व स्वास्थ्य आन्दोलन वाहिरी झिलिमिलीले विचलन हुन सक्ने तर्फ इँगित गर्दै अहिले सामाजिक खाडल वढेकोले आन्दोलनलाइ अझ चलायमान गर्नुपर्ने आवश्यकता रहेको प्रा.डा.मथुराप्रसाद श्रेष्ठको सन्देश सुनाइएको थियो । पुस्तक विमोचन नेपालको पहिलो जनस्वास्थ्य अभियन्ता प्राडा श्रेष्ठले गर्ने भनिएता पनि उनको स्वास्थ्य अवस्थाका कारण अनुपस्थित भए पछि डा.वन्त लगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा मानव अधिकारवादी गौरी प्रधानले यो पुस्तकले नीतिगत, संस्थागत र कार्ययोजना वाच गरेको बताए ।
डा.सर्वराज खड्काले जनताको स्वास्थ्यको जिम्मा राज्यले नलिएको र बजारको भरमा छोडेको बताए ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार १२:०९