सेशेल्समा एनसिसि गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेशेल्समा एनसिसि गठन



अफ्रिका। गैरआवासीय नेपाली संघको ७९औ एनसिसिको रुपमा एनसिसि सेशेल्स गठन भएको छ । अफ़्रिकि मुलुक सेसेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जन संख्या भएको देश हो ।

अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय स्थल मध्ये एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन । गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराए । यसरी अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनोज बि.क. र किशोर कुमार महर्जन, महासचिव कम्मान सिंह खत्री, सचिब बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता एकराज सुवेदीमहिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू र बिष्णु चयन हुनु भएका छन । संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्काकोषाध्यक्ष हिक्मत थापाका अनुसार सेशेल्स अफ्रिका क्षेत्रको १७औ राष्ट्रिय समन्वय परिषद् र गैरआवासीय नेपाली संघको ७९ औ राष्ट्रिय समन्वय परिषद बनेको छ ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार १२:२६