शाइन रेसुङ्गाकाे साधारण सभा असोज २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाइन रेसुङ्गाकाे साधारण सभा असोज २८ गते



काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे  साधारण सभा असोज २८ गते हुने भएकाे छ ।कम्पनीको साधारण सभा  आईतबार असोज २८ गते बिहान साढे १० बजे, अम्रपाली कटेज एण्ड रेष्ट  प्रा.लि., बुटवल, रुपन्देहीमा हुने भएको छ ।

कम्पनीकाे साधारण सभाकाे लागि दर्ता  किताब असाेज १६ गते देखि असाेज २८ गते सम्म बन्द हुने भएकाे छ ।

कम्पनीले आव २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको १७. ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८६० दशमलव ०४ रुपैयाँ बोनस शेयर र शुन्य दशमलव ९३ प्रतिशतले हुन आउने १ करोड २८ लाख ४४ हजार ७२९ दशमलव ४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार ११:३६