सानिमा बैंक र मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

सानिमा बैंक र मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर



सानिमा बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । दुई वटै बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । दुवै बैंकमा आवेदन दिने म्याद ३ अक्टोबर सम्म रहेको छ भने आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।

सानिमाले विभिन्न १२ पदका लागि कर्मचारी मागेको छ । बैंकले मेनेजर र अफिसर लेभलका लागि अनुभवी कर्मचारी मागेको छ ।

त्यस्तै, मुक्तिनाथले एक जना क्षेत्रीय प्रबन्धक विराटनगरका लागि, केही संख्यामा शाखा प्रबन्धक, केही संख्यामा रिलेसनसिप अफिसर, एक जना इन्फर्मेसन सेक्युरिटी अफिसर, केही संख्यामा रिस्क अफिसर, एक जना ट्रेड फाइनान्स अफिसर, केही संख्यामा अपरेसन इन्चार्ज, केही संख्यामा अडिट मेनेजर, केही संख्यामा मेनेजमेन्ट ट्रेनी र एक जना सेक्युरिटी अफिसर मागेको छ ।

https://career.sanimabank.com/

प्रकाशित : ७ आश्विन २०७५, आईतवार १४:५४