७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो, आयोजक उत्साहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो, आयोजक उत्साहित



काठमाडाैँ । नेपालफर्निचर तथाफर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमाभएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्थाफर्निचर तथाफर्निसिङ संघ उत्साहित बनेको छ ।

दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकन कर्ताको भिड लागेको एक्स्पोमा अधिकांस अवलोृकन कर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेश काजी अग्रवालले भने, ‘व्यापरका हिसावमा ठुलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको छ ।’

जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रा  लिले गरेको हो । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफुहरुलाई पनि उत्साहित बनाएको उनको भनाई छ ।

एक्स्पोलाई सिमल डेकोर,यती फ्लोरिगं, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए । एभरेष्ट इन्स्योरेन्सले एक्स्पो स्थलको बीमामा सहकार्य गरेको थियो । नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथानेपालफर्निचर तथाफर्निसिगं व्यवसायी महासंघले एक्स्पोलाई प्रवद्र्धन गरेका थिए ।

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागि थिए । ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथफर्निचर तथा फर्निसिङका सामानहरु विक्रिवितरणका साथै बुकिङभएका छन् ।

एक्स्पोका संयोजक सुभेन्द्र जोशीले विगतवर्षको तुलनामा व्यपार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले सेवा ग्राही फर्निचरजन्य उत्पादनलाई अनिवार्य साधनको रुपमा लिनथालेको बताए । यसले आगामी दिनमा फर्निचरजन्य उत्पादनको व्यापार बिस्तार हुने उनको बुझाई छ ।

होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजनाहुँदै आएको छ ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १२:३८