बैंक / वित्त

टेकु, सिटी सेन्टर र वीरेन्द्रनगरमा मेगा बैंकको एटीम सेवा



काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १२:२८