कालिका पावरको प्राथमिक शेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कालिका पावरको प्राथमिक शेयर बाँडफाँड



काठमाडौं । कालिका पावरले निष्काशन गरेको प्राथमिक शेयर बाँडफाँड गरेको छ । कम्पनीले निष्काशन गरेको कुल ११ लाख ५१ हजार ७७० कित्ता प्राथमिक सेयर आज बाँडफाँड गरेको हो । आवेदकलाई १० कित्ताका दरले कम्पनीले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ बिक्री खुला गरेको थियो ।

जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । तर कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री गरिएको थियो ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १२:५९