स्वावलम्बन लघुवित्तले २५ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

स्वावलम्बन लघुवित्तले २५ प्रतिशत बोनस दिने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीयले २५ प्रतिशत बोनस र ११ दशमलव ८४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले असोज ९ गते बसेको संचालक समितिको बैठकबाट संस्थाको चुक्ता पुँजी ५० करोड ३१ लाख १० हजार ७ सयमा निम्न बमोजिम लाभांश शेयरधनीहरुलाई विवतरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् ।

जसपश्चात आगामी साधारणसभामा ११ दशमलव ८४ प्रतिशतले हुन आउने ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ र २५ प्रतिशतले हुन आउने १२ लाख ५७ हजार ७ सय ७७ रुपैयाँ बोनस शेयर वितरण गर्नेछ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १३:५७