केसीको विज्ञप्तिले हँगामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

केसीको विज्ञप्तिले हँगामा



काठमाडौं  । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास नभए सोह्रौँ अनशन थाल्ने चेतावनी दिएका छन् । संसद्को चालू अधिवेशनबाटै विधेयक पास गर्नेलगायत सम्झौता कार्यान्वयन हुनुपर्ने उनको तर्क छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै केसीले नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरूलाई जवाफदेही बनाउनेलगायत माग राखी १६औँ सत्याग्रह सुरु गर्ने बताएका छन् । संसद्बाट समितिमा र समितिबाट उपसमितिमा पठाए पनि गम्भीर छलफल नगरी विधेयक पारितमा ढिलाइ हुँदा आशंका उब्जाएको विज्ञप्तिमा उल्लेख छ ।

‘समाजवादउन्मुख संविधान, साम्यवादी र समाजवादी पार्टी तथा सरकारको नेतृत्व बहुमतप्राप्त साम्यवादी पार्टीले गरिरहेको अवस्थामा पनि गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुनु अत्यन्त खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार ०९:२८