कारोबारको अन्तिम दिन नेप्से १० दशमलव ५६ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कारोबारको अन्तिम दिन नेप्से १० दशमलव ५६ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव ५६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल र उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६९ कम्पनीको २१ लाख ९६ हजार ९ सय २६ कित्त सेयर बाट ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ६७ दशमलव ०२ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २९ दशमलव ०७ अंकले, जलविधुत समुह २१ दशमलव ६४ अंकले, बैँक समुह १२ दशमलव ५७ अंकले, लघुवित्त समुह ९ दशमलव ४६ अंकले, विकास बैँक समुह ३ दशमलव ८५ अंकले, अन्य समुह २ दशमलव ५७ अंकले र फाइनान्स समुह ० दशमलव ९६ अंकले ओरालो लागेको छ।
आज होटल र उतपादनमुलक समुह भने उकलो लागेको छ। आज होटल समुह १३ दशमलव ०५ अंकले र उतपादनमुलक समुह २६ दशमलव ४७ अंकले उकालो लागेको छ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १५:१८