ओरियन्टल होटल्सले एफपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ओरियन्टल होटल्सले एफपीओ निष्काशन गर्ने



काठमाडाै । ओरियन्टल होटल्स लिमिटेडले एफपीओ निष्काशनको प्रस्ताव गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र साधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम गर्न एफपिओ निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले आगामी कार्तिक १२ गते डाकेको साधारणसभामा एफपिओ निष्काशन सम्बन्धि प्रस्ताव समेत रहेको छ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरिसकेको छ । कम्पनीले बोनस वितरण पश्चात एफपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि शेयर निश्लाशन प्रक्रिया अगाडी बढ्ने छ ।

लाभांश वितरण र साधारणा सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन्

हाल कम्पनीको चुक्ता पुंजी ९३ करोड ४२ लाख रहेको छ । प्रस्तावित १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ७ करोड ४३ लाख पुग्ने छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:०६