जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुबिधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुबिधा



काठमाडाै । सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ

। जनता बैंकको बेभ साइट www.janatabank.com.np मा लग गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।

यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:१२