सहकारी नीति लागू गर्न टोखानगरपालिका प्रतिवद्ध छ : मेयर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी नीति लागू गर्न टोखानगरपालिका प्रतिवद्ध छ : मेयर अधिकारी



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संबिधानले निर्दिष्ट गरेको सहकारी नीति लागू गर्न टोखानगरपालिकाले पनि कानून बनाएर अगाडि बढेको बताएका छन् ।

टोखा नगरपालिका ११ मा अवस्थित चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा अबिधेशनको उद्घाटन गर्दै प्रमुख अधिकारीले यस्तो बताएका हुन् ।

अन्य नगरपालिकाहरूले कार्यबिधि समेत बनाउन नसकेको अवस्थामा टोखा नगरपालिकाले सहकारी कार्यबिधि ऐन २०७५ बनाउन सफल भए पनि केन्द्र र प्रदेशले नियमावली बनाउन नसक्दा कार्यान्वयन गर्न नसकेको उनले गुनासो गरे ।

टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्कीले सहकारीको प्रमुख चुनौती कर्जा प्रबाह भएको बताउँदै कर्जा प्रवाह गर्दा सजगता अपनाउन सुझाब दिएकी थिइन । उनले संघीय कानूनमा नबाझिने गरी स्थानीय तहले सहकारी ऐन बनाउनुपर्ने बताउदै संघीय सरकारले सहकारी नीति नबनाउँदा काम गर्न कठिनाई भएको बताइन् ।

सहकारीका सल्लाहाकार सरस्वती ज्ञवाली र सञ्चार तथा शिक्षा उपसमितिका संयोजक दीपु पोखरेलले पछिल्लो समय सहकारीमा महिलाको सहभागिता बढेको भन्दै अत्यन्तै सुखद् र सकरात्मक पक्ष रहेको बताइन् । उनले सहकारीमा आउन चाहाने जो सुकैलाई पनि सहकारी शिक्षाको आवश्यक्ता रहेको औल्याएकी छिन् ।

अध्यक्ष सुमित्रा ढकाले सहकारीको माधयमबाट महिलाको आर्थिक, सामाजिक परिबर्तन गर्नु मुख्य उदेश्य रहेको बताउँदै आफूले आगामी दिनमा लगानीका नयाँ क्षेत्र पहिल्याउँदै लगानीको क्षेत्रलाई फराकिलो बनाउदै अगाडी बढ्नेमा जोड दिइन ।

संस्थाले उत्कृष्ट बचतकर्ता लक्ष्मीकुमारी श्रेष्ठ, उत्कृष्ट ऋणीको रुपमा कोपिला मिश्र, मञ्जु ओली, दण्डपाणि बस्याललाई सम्मान गरेको थियो । २०६९ सालमा स्थापना भएको सस्थामा हाल २ सय २५ जना शेयर सदस्य रहेका छन् ।

सहकारीको शेयरपुँजी १ करोड ८८ लाख ५२ हजार बचत तथा निक्षेप ७ करोड ७६ लाख ६ हजार रहेको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती पौडेलले जानकारी दिइन । कार्यक्रमको सञ्चालन सचिब विन्दु बस्यालले गरेकी थिइन् ।

सधारणसभाले आगामी कार्यकालका लागि सुमित्रा ढकालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विनिता अधिकारी, सचिव भावना गौतम, कोषाध्यक्ष पार्वती पौडेल तथा सदस्यमा तिला कापले, राधादेवी न्यौपाने र यशोदा सापकोटा सर्वसम्मत चयन भएका छन् ।

यशोदा ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । लेखा समितिको सदस्यमा विजया तिम्सिना र गीता पाण्डे रहेका छन् । कोषाध्यक्ष पार्वती पौडेललका संयोजकत्वमा विष्णु शर्मा र विन्दु गौतम सदस्य रहेको ऋण उपसमिति र शान्ता ज्ञवालीको संयोजकत्वमा स्वास्थ्य, शिक्षा तथा सञ्चार उपसमिति गठन गरेको छ ।

उपसमितिको सदस्यमा मीनु जिसी, सीता भण्डारी, उमा ढकाल, गंगा प्रधान रहेका छन् । दीपु पोखरेल, सरस्वती ज्ञवाली र जमुना तिवारी रहेको सल्लाहाकार समिति चयन गरेको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:३८