चाडवाडमा वेस्टर्न युनियन ल्यायाे खुसीको पर्व योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चाडवाडमा वेस्टर्न युनियन ल्यायाे खुसीको पर्व योजना



काठमाडौं ।विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियनमनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमीट, माया रेमिट प्रा.ली, नबिल बैक, डिजीटेक रेमिट्यान्स प्रा.ली र सूर्य रेमिट प्रा.ली र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक रु १५ हजार जित्नेछन् र साथै यो योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप रु ५ लाख जित्नेछन् ।

खुसीको पर्व योजना यहि ७ असोज, २०७५ देखि कात्तिक मसान्तसम्म लागु गरिएको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:५६