निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै थाल ठटाएर विरोध प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै थाल ठटाएर विरोध प्रदर्शन



काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा युवा नर्स सञ्जालले निर्मलाको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै थाल र चम्चा ठटाएर सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले ७५ दिन बितिसक्दा पनि निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनाको माग गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १२:२३