दशैंकोे पूर्वसन्ध्यामा किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैंकोे पूर्वसन्ध्यामा किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’



काठमाडाैँ ।  दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जल ेकिंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो ।
लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबारसाँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ ।
बुधबार लाउन्जमा नियमीत खानाका परिकासंगै सालमोन र ट्याङग्री कवाव स्पेशल मेनु राखिएको छ । लाउन्जका सेफ तिलबहादुर मगरका अनुसार ट्याङग्री कबाव इण्डियन परिकार हो भने सालमोन कन्टिनेन्टल परिकार हो ।
चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ ।जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ ।
बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १२:४१