हिमालय उर्जा विकास कम्पनीले कात्तिक ६ गतेदेखि आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय उर्जा विकास कम्पनीले कात्तिक ६ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई कात्तिक ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयलाई आइपीओकाे आवेदन खुला गर्ने भएको छ ।कम्पनीले ९ करोड ९ लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । यो आइपीओमा  न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म अाबेदन दिन पाइने छ  । कम्पनीको आईपिओमा छिटोमा कात्तिक २० गते तथा ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिन पाईने छ ।

लगानीकर्ताले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा–१, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा र प्राइम कमर्सियल बैंक जिरी शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा तथा एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट पनि आवेदन दिन सकिने व्यबस्था रहेको छ ।

हिमालय उर्जा विकास कम्पनीकाे आइपीओकाे बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ९० हजार कित्ता १० % र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता १५%  सेयर छुट्याईएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजनामा १२ मेगावाट र अपर खिम्ती जलविद्युत आयोजनामा ७ मेगावाट विद्युत परियोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : २४ आश्विन २०७५, बुधबार १२:५२