अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा



काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ ।

दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।

शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।

विदेशमा रहेका नेपालीका परिवारहरुलाई पनि आर्थिक सम्बृद्घीका विभिन्न सुविधाहरु बैंकले प्रदान गर्ने छ । नेपालमा बसेका सदस्यलाई लघुविक्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझ्यौला कर्जामा विषेश छुटका साथै बैंकिङ्ग सुविधाहरुको परामर्श प्रदान गरी छिटो र छरितो कर्जा उपलब्ध गराउने बैंंकले जानकारी दिएको छ । विदेशमा रहेका नेपालीहरुलाई सहज र सरल होस् भनी मेगा बैंकले आफ्नो प्रतिनिधी दक्षिण कोरियामा पठाइसकेको जानकारी दिएको छ ।

प्रकाशित : २४ आश्विन २०७५, बुधबार १५:४३