तराईमा मधेसी मोर्चाको कामः उद्योग चल्न नदिने : चन्दा माग्न नछाेडने – « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तराईमा मधेसी मोर्चाको कामः उद्योग चल्न नदिने : चन्दा माग्न नछाेडने –



FNCCI-Building_20101125084756काठमाडौं । असोज ७ देखि दक्षिणी नाकाहरू ठप्प पारिएदेखि वीरगन्ज–रक्सौल मार्गमा कारोबार बन्द छ । मुलुकको प्रमुख व्यापारिक नाकाबाट हालसम्म एउटा पनि मालवाहक सवारी साधन भित्रिएको छैन ।

सामान्य अवस्थामा परिवारका लागि पनि समय निकाल्न नपाउने यहाँका उद्यमी अहिले समय बिताउने समस्यामा छन् । अधिकार प्राप्तिका लागि भनिएको मधेसी आन्दोलन यति लामा जाला भनेर उनीहरूले कल्पना गरेका थिएनन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले आन्दोलनको सुरुवाती चरणमा विज्ञप्तिमार्फत जायज मागहरूप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह ग¥यो ।

मितेरी पुलमा जारी धर्नामा जुलुस निकालेर व्यवसायीले ऐक्यबद्धता जनाए । तर, त्यसको पीडा उनीहरूले नै बेहोरिरहेका छन् ।‘एक त उद्योग व्यापार चौपट बन्यो,’ एक उद्योगीले भने, ‘त्यमाथि चन्दाको मागले टाउको दुखाइसक्यो । सुरक्षाको प्रत्याभुति हुन सकेको छैन ।’ अाजकाे कान्तिपूर दैनिकमा समाचार छ ।

प्रकाशित : २६ पुष २०७२, आईतवार ०३:१३