सानिमा लाईफ इन्स्योरेन्सको सुर्खेत शाखा कार्यालय समुद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा लाईफ इन्स्योरेन्सको सुर्खेत शाखा कार्यालय समुद्घाटन



काठमाडौं । यस सानिमा लाईफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले,मुख्य अतिथि प्रदेश सभासदस्य  पदमा खड्क र कम्पनीका मुख्य प्रबन्धक  गणेश चौलागाइ वाट संयुक्तरुपमा सुर्खेतको विरेन्द्रनगरमा रिवन काटी सुर्खेत शाखा कार्यालयको आज  समुद््घाटन सम्पन्न भयो ।
परिचय
सानिमा लाईफ इन्स्योरेन्सको परिचय
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरु को समुहद्धारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ । सम्भावित बीमितहरुको जीवन बीमा गराई समाजिक सुरक्षा प्रदान गर्दै, जनतामा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग,व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहनु भएका उद्यमी , पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरmलाई समेत यस कम्पनिको जीवन बीमा योजनामा आकर्षित गराई जीवन बीमाको माध्यम बाट बचत तथा आर्थिक सुरक्षा प्रदान गरिनेछ । दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्क मार्फत संकलन गरी नियमनकारी निकायको स्वीकृती र निर्देशन बमोजिम अत्याधिक प्रतिफल हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश बिकासको महान कार्यमा लगानी गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ ।
पूँजी संरचना
१. अधिकृत पुँजी रु ३ अर्ब
२. जारी पुँजी रु २ अर्ब
३. चुक्ता पुँजी र १ अर्ब ४० करोड
जारी पूँजीको ३०५ अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्ता पुँजी रु.२ अर्ब कायम गरिने छ ।

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार १८:१०