आइएमई लिमिटेड र स्टार अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमई लिमिटेड र स्टार अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता



काठमाडौं । काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालवीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशत सम्म विशेष छुट पाउने छन । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।
यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्ने छ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् । यो सम्झौता  पत्रमा हस्ताक्षर भएको मितिले एक (१) वर्षसम्मका लागि लागु हुनेछ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम लगायत अन्तरिक रेमिटेन्स सेवा देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : २८ आश्विन २०७५, आईतवार ११:३५