आइतबार नेप्से १४ दशमलव १५ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार नेप्से १४ दशमलव १५ अंकले उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव १५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५८ कम्पनीको १० लाख १६ हजार ४ सय ६० कित्ता सेयर बाट २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ ।आज न्नलाइफ इन्स्योरेन्स समुह ८७ दशमलव ६१ अंकले उकालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ५७ दशमलव ४९ अंकले,होटल समुह ५५ दशमलव ३४ अंकले,विकास बैँक समुह १८ दशमलव १५ अंकले,बैँक समुह १७ दशमलव ३७ अंकले,लघुवित्त समुह ११ दशमलव १४ अंकले,अन्य समुह ४ दशमलव २७ अंकले र फाइनान्स समुह ३ दशमलव २४ अंकले उकालो लागेको छ।
आज जलविधुत र उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज जलविधुत समुह भने १ दशमलव ३१ अंकले र उतापादनमुलक समुह भने ९५ दशमलव ७३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २८ आश्विन २०७५, आईतवार १५:२७