दसैंको विदा अवधिभर चन्द्रागिरि केवलकार खुल्लै रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दसैंको विदा अवधिभर चन्द्रागिरि केवलकार खुल्लै रहने



काठमाडौँ। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दसैँ विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ ।चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा  विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालनमा आउने  जानकारी चन्द्रागिरि हिल्सले दिएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा  भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा कम्पनीले विकास गरिरहेको छ ।

 

प्रकाशित : २९ आश्विन २०७५, सोमबार २३:२७