बिहिबार नेप्से ८ दशमलव ८२ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिहिबार नेप्से ८ दशमलव ८२ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ८२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५६ कम्पनीको ९ लाख  ४८  हजार ५ सय ९३ कित्त सेयर बाट २७ करोड ७१ लाख ८२ हजार ८ सय ९८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ४० दशमलव २४ अंकले ओरालो लागेको छ । आज होटल समुह ३६ दशमलव ९४ अंकले, लाइफ इन्स्योरेन्स समुह १२ दशमलव ३९अंकले,जलविधुत समुह ११ दशमलव ०६ अंकले, बैँक समुह ९ दशमलव ४३ अंकले,अन्य समुह ९ दशमलव २७ अंकले, लघुवित्त समुह ६ दशमलव ४५ अंकले, विकास बैँक समुह ३ दशमलव ६२ अंकले र फाइनान्स समुह २ दशमलव २३ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह ४९ दशमलव ५६ अंकले उकालो लागेको छ ।

प्रकाशित : ८ कार्तिक २०७५, बिहीबार १५:४२