ओयो १५१ होटेल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा अब ओयोका ५०० कोठाहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओयो १५१ होटेल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा अब ओयोका ५०० कोठाहरु



पोखरा । दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलाले पोखरामा होटेल स्नोल्याण्डको उद्धघाटनसँगै आफ्नो बिशिष्ठ कोठाहरुको सङ्ख्या ५०० पुर्याएको छ । ४२ कोठा भएको यो होटेलको उद्धघाटन पोखरा महानगरपालिकाका  प्रवक्ता  धनबहादुर नेपालीबाट एक भव्य समारोह बिच भएको थियो । पोखरा प्रीमियर लिगको हस्पिटालिटि पार्टनर रहेको ओयोको  होटेलले सो समयमा सयौं ग्राहकहरुलाई आथित्य प्रदान गर्नेछ । उचित मूल्यमा नयाँ प्रविधीबाट सन्चालित एउटा सुन्दर बस्ने ठाउँको आफ्नो मिसन अनुरुप ओयोले यो विस्तार गरेको हो ।

उद्घाटनलाई सम्बोधन गर्र्दैै  प्रमुख अतिथि, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने, “ओयोकोे नेपालमा होटेल संचालनको यस यात्रामा सहभागी हुँदै आज मैले होटेल स्नोल्याण्डको उद्घाटन गर्ने मौका पाएकोमा म एकदमै हर्षित छु । ओयो उद्यमशीलताको भावना र इनोभेशनको एउटा रोचक कथा हो र यो नयाँ उद्घाटनले देशमा प्रौद्योगिक र आतिथ्य क्षेत्रमा ठूलो विकास ल्याउनेछ । म ओयोको पूरै टीमलाई नेपालमा आफ्नो यात्राको लागि शुभकामना दिन चाहन्छु ।’’

नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानिले टिप्पणी गर्नुभयो, “नेपालमा ओयोको सुरुवात अप्रिल २०१७ बाट गरिएको थियो र सुरुवातदेखि नै हाम्रो आतिथ्यमा राम्रो प्रतिक्रिया पाएका छौं । ओयोमा हामी होटल मालिकसँग नजिक मिलेर काम गर्छौ, जसमा उनीहरुलाई प्रविधिको माध्यमसंगै अझै राम्रो आतिथ्य कसरी प्रदान गर्ने भन्ने बारेमा सशक्त मद्दत गर्ने गरेका छौं । हाम्रो प्राविधिक सहयोगले उनीहरुलाई होटेल सन्चालनमा अझ सशक्त भई उच्च गुणस्तरीय ग्राहक अनुभव प्रदान गर्न मद्दत पुगेको छ । यस कार्यमा सहयोग दिनका लागि हामीले अनलाइन र अफलाइन माध्यमबाट कर्मचारी प्रशिक्षण, बजारीकरण र उच्चस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने गरेकाछौं । यो लन्च नेपालमा हाम्रो सफलताको एउटा प्रमाण हो । आगामी महिनाहरुमा हामी पोखरा र काठमाडौँमा आफ्नो पद्चिन्ह गहीरो बनाउने तयारी गरिरहेका छौँ ।”
हालको लन्चसंगै पोखरामा ओयोका कोठाहरू संख्यामा ५०० पुगिसकेका छन् । नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको ओयोका १४००ंं आरामदायी, आधुनिक सुविधायुक्त, एयरकंडीशनिंग, सफा लिनन, निस्शुल्क वाई फाई, टेलिभिजन र ७ दिन २४ घन्टाकै सुविधायुक्त सुसज्जित कोठा कम्तिमा प्रति रातको रु ९०० देखि औसतमा रु २००० मा उपलब्ध छन् । यो कम्पनी पोखरा प्रिमियर लीगको लागि आधिकारिक आतिथ्य साझेदार पनि हो र खेलाडी तथा अतिथिलाई यस शहरका ओयो होटेलहरुमा आतिथ्य पनि गरिनेछ ।

पोखराको लेकसाइड क्षेत्रमा यात्रीहरूको उच्चतम आवतजावत हुने गरेको छ । नेपाल रमाइलो देखि व्यापार, एड्भेन्चर र तीर्थ यात्रासम्म गरि सबै प्रकारका पर्यटकहरुको आवश्यकताहरुलाई पूरा गर्न सक्ने विविधता भएको ठाउँ भएकाले ओयोको लागि एक मजबूत बजार हो । २०१७ मा कम्पनीको सुरुवात गरेसँगै कम्पनीको नेटवर्कमा बुकिङको संख्यामा १० गुणा वृद्धि भएको छ ।

मे २०१३ मा स्थापना भएको ओयोको मिशन सबैतिर, सबैका लागि गुणस्तरीय बास बस्ने स्थान बनाउनु हो । विश्वभर ३५ भन्दा बढी शहरहरुमा होटेल श्रृंखला रहेको ओयोको भारत, चीन, मलेशिया, नेपाल, यूके, यूएई, र हालैमा इन्डोनेशिया समेत गरि सात सात वटा देशहरुमा १२,००० सम्पत्ति साझेदारहरू फैलिएका छन् । ओयो होटलले संसारकै पहिलो पूर्ण आतिथ्यको लागि प्रतिपादित स्ट्याक प्रबिद्धिको नमूनाको प्रयोग गर्दै आएको छ, र यसको फ्रेन्चाइजमा रहेका २,७०,००० साझेदारहरूले यसबाट भरपूर फाइदा पाइरहेका छन् । ओयो होटेलले १,५०,००० भन्दा बढी अतिथिलाई प्रत्येक रात सेवा पुर्याउँछ, जुन विश्वभर लाखौं अतिथिहरूमा यसको प्रभावको प्रमाण पनि हो ।

ओयोको बारेमा
ओयो होटल दक्षिण एसीयाको सबभन्दा ठूलो र तिब्र गतिमा बढिरहेको होटल श्रृंखला हो । यसका सन्जालहरु भारतका ३५० शहरहरु, चाईना, मलेशिया, नेपाल र वेलायतसम्म फैलिएका छन् । यसको सन्जालमा १२ हजारभन्दा बडि फ्रेन्चाइज्ड तथा लिज होटलहरु रहेको छ । ओयो यस प्रकारको स्वचालीत प्रविधि हस्पिटालीटी मोडलको पायोनियर हो । ओयो विश्वका प्रमुख लगानी ग्रुपबाट प्रबर्दित कम्पनीहो जसमा सफ्ट व्याङ्क गु्रप, ग्रिनोक्स क्यापिटल, सिक्वया इन्डिया, लाईट स्पिड इन्डिया, हिरो इन्टरप्राइजेज र चाइनालजिङ ग्रुप रहेको छ ।

प्रकाशित : ८ कार्तिक २०७५, बिहीबार १९:२०