सहयोगी विकास बैंक १६ औं बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहयोगी विकास बैंक १६ औं बर्षमा प्रवेश



जनकपुर । सहयोगी विकास बैंक लिमिटेड सफलतापूर्वक १५ बर्ष पुरा भई १६ औं बर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्थाको रुपमा स्थापना भई यस बैंकले १५ बर्ष अघि सेवा सुरु गरेको थियो । बैंकमा हाल ७५,००० जना सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ११ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकका ११ शाखा मध्ये हालैमात्रै धनुषाको सवैला, यदुकुवा र महोत्तरीको लोहारपट्टिमा शाखा विस्तार गरेको हो । बैंकले थप तिन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।
५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ ।
हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको छ । यो तथ्यांकसँगै बैंक अव्वल दर्जामा रहन सफल भएको छ । अहिले बैंकको समग्र अवस्था बलियो रहेको जानकारी दिएको छ । बैंकले आफूलाई आधुनिकीकरण तर्फ अग्रसर बनाउदै नयाँ टेक्नोलोजीसँग सम्बन्धद्वारा अगाडी बढ्न थालेको जनाएको छ ।
धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको बैंकले आफ्नो सेवालाई सर्लाही र सिराहा जिल्लामा विस्तारको तयारी गरिरहेको छ । स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीय स्तरमा यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा लोकप्रिय र बलियो बैंकको रुपमा स्थापित छ । सेवाग्राही तथा ग्राहकको हितलाई मध्यनजर गरेर बैंकले आफ्नो सेवालाई समयानुकुल आधुनिक र समउ सापेक्ष बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो ।
बैंकले विगत केही समयदेखि आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ । यसै क्रममा बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । त्यसैगरी बैंकले एटीएम सेवा सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पु¥याएको छ । जसमा एटीएम सुविधा नेपाल, भारत र भुटान सम्मको लागि कारोबार गर्न मिल्ने व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिनुभयो । यसैगरी बैंकले आफ्नै आधुनिक भवन निर्माणको अन्तिम प्रकियामा पु¥याएको जानकारी दिएको छ ।
बैंकले निक्षेपको सहि सदुपयोग गरेर बजारमा हाल देखीएको तरलताको अभावमा पनि आफुलाई सहि दिशानिर्देश गर्न सफल भएको बताउनु भयो । जसको कारण बैंकको अहिले निक्षेपको तुलनामा ७०% सम्म मात्र लगानी गरी नेपाल राष्ट्र बैंकको निर्देशनलाई पूर्ण रुपमा पालना गरेको बताए । बैंकसँग अझै ८-१० प्रतिशतको लगानी गर्ने क्षमता रहेको र हामी यसलाई कृषि क्षेत्र, विपन्नवर्ग कर्जा र प्राथमिक क्षेत्रका कर्जाहरुमा लगानी गरी यस क्षेत्रको ग्रामीण भेगमा रहेका उघमी, लगनशिल व्यापारी र गरिबहरुको जिवनलाई सहज बनाउने कार्यक्रम तिर लाग्ने प्रतिवद्धता पनि प्रमुख कार्यकारी अधिकृत बिनय रिजालले बताए ।

प्रकाशित : ११ कार्तिक २०७५, आईतवार १२:०३