आँखुखोला हाइड्रोपावरको आईपिओ बाँडफाँड  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आँखुखोला हाइड्रोपावरको आईपिओ बाँडफाँड 



काठमाडौँ । आँखुखोला हाइड्रोपावरको आईपिओ आज आइतबार बाँडफाँड भएको छ। यो आइपीओ सबै आवेदकले पाएका छन् ।कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार बाँडफाँड भएको छ । यस अनुसार प्रत्येक आवेदकलाई गोलाप्रथाबाट दश कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता प्राप्त गर्नेछन् । यस आइपीओमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए।
कम्पनीको सेयरमा आवेदन दिएका मध्ये ४७ हजार ४०० जनाले २० कित्ताको दरले शेयर प्राप्त गरेका छन् भने अन्य ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले साधारण शेयर प्राप्त गरेका छन् ।
कम्पनीले स्थानीयबाट अवितरण सहित निष्काशन गरेको कूल १३ लाख ७६ हजार २० कित्ता आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।
बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयर सर्वसाधारणमा कम्पनीले असोज २३ गतेदेखि निष्काशनमा ल्याएको थियो । कर्मचारीहरुलाई छुट्टाएर अवितरित भएको २७ हजार ४६१ कित्ता सहित १३ लाख ७ हजार १६० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको छ ।

प्रकाशित : ११ कार्तिक २०७५, आईतवार १२:४८