कोका कोला नेपालले वोर्ल्ड विथआउट वेस्ट तिर अर्को कदम चाल्यो पीईटी बोतल पुनःसंकलन परियोजनाको विस्तारको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोका कोला नेपालले वोर्ल्ड विथआउट वेस्ट तिर अर्को कदम चाल्यो पीईटी बोतल पुनःसंकलन परियोजनाको विस्तारको घोषणा



काठमाडौं। आफ्नो रणनीतिक ध्यानका साथ, रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको छ । यस पहलको भागको रूपमा, कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएको छ ।
कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २७०,००० डलर लगानी गर्ने योजना बनाएको छ । क्रिएसनसंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अनुकारण गर्दछ ।
यस पहलमा बोल्दै, कोकाकोला कम्पनिका एशिया प्रशांत क्षेत्रका अध्यक्ष जन मर्फीले भने, “नेपालमा वोर्ल्ड विथआउट वेस्ट सुरुवात गर्नका लागि आफ्नो प्रतिबद्धता बिस्तार गर्दा मलाई एकदम खुशी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासहरूलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौ ।”
कोकाकोला कम्पनीको “वोर्ल्ड विथआउट वेस्ट” सिर्जना गर्न रिसाइकिलिंगका लागि कम्पनीको प्रतिबद्धताको भाग हो । सन् २०३० साल सम्म प्याकेजिंगको १०० % बराबरको संकलन र पुनप्रयोग गर्न सहयोगको लागि कम्पनीको ग्लोबल लक्ष्य छ ।
पर्यावरण संरक्षण र सामाजिक कल्याण प्रतिको आफ्नो प्रतिबद्धताको रूपमा, पीईटी रिकभरी र रिसाइकिलिंगतिर ध्यान केन्द्रित गरी नेपालमा पीईटी रीसाइक्लिंगको महत्त्वपूर्ण मात्रा प्राप्त गर्न कोकाकोला प्रतिबद्ध छ । पेय पदार्थ कम्पनीले सन् २०१४ मा यसको पुनःसंकलन दृष्टिकोणको सुरुवात गर्न एक बहुसंख्यक परियोजना ’नगर मित्र’ सुरु गरेको थियो जसलाई एक सामाजिक उद्यम भनिन्छ, जसमा पिछडिएका महिलाहरूका लागि पर्याप्त संख्यामा हरियाली कार्यहरुको सिर्जना, र स्वछ वातावरणमा योगदान पुर्याउन पीईटी बोत्तल कुशल र जिम्मेवार तंत्रद्वारा संकलन र ब्यबस्थापन गरिएको थियो र यसको अतिरिक्त, डब्ल्यूडब्ल्यूएफ नेपाल, हिमालय कलईमेट इनिशिएटिव र जीआईजेड सहित आफ्नो स्थायी साझेदारका सहयोगमा, कंपनीले नेपालमा रीसाइक्लिंग समाधानका लागि रीसाइक्लिंग र अवसरको खोजीका बारे जागरूकता बढाउने जस्ता गतिविधिमा सक्रिय रुपमा संलग्न छ ।
यस पहलमा टिप्पणी गर्दै डब्ल्यूडब्ल्यूएफ नेपालको देश प्रतिनिधि डा.घनश्याम गुरुङगले बताए , “डब्ल्यूडब्ल्यूएफको लागि प्राकृतिक स्रोतको चुनौतिको सम्बोधन गर्न साझेदारी महत्वपूर्ण हुन्छ । हामी डब्ल्यूडब्ल्यूएफ र कोकाकोला कम्पनि बीचको दीर्घकालिक सम्बन्ध देखेर खुशी छौ, जसले संयुक्त रूपमा पानीको सतत उपयोगको बढ़ावा गर्न, स्थानीय समुदायको जीवनसैली बढाउन र नेपाल र संसारभर ताजा पानीको पारिस्थितिक तंत्रको संरक्षण गर्दछ ।

प्रकाशित : ११ कार्तिक २०७५, आईतवार १४:११