विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चार दिने भ्रमणका लागि नेपाल ल्याइ पु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ ।विश्वका ५ महादेश, २१ देश र ६० स्थानमाप्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँएकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनकालागि लाइएको छ ।ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल    ल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताए ।यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताए ।
ट्रफी प्रदर्शनमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गर्नु भएको थियो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्वबोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरि रहेको छ ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार ११:२९