सोमबार नेप्से ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोमबार नेप्से ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव ५६अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ९ लाख ८७ हजार ३ सय २१ कित्त सेयर बाट २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ७५ दशमलव ६७ अंकले ओरालो लागेको छ । आज होटल समुह ४८ दशमलव ७६अंकले, जलविधुत समुह १४ दशमलव ४४ अंकले, विकास बैँक समुह १२ दशमलव १६ अंकले, लाईफ इन्स्योरेन्स समुह ११ दशमलव ९७ अंकले, उतपादनमुलक समुह ११ दशमलव ०८ अंकले, लघुवित्त समुह ९ दशमलव ४ अंकले, बैँक समुह ९ दशमलव २५ अंकले, अन्य समुह ७ दशमलव २६ अंकले र फाइनान्स समुह ३ दशमलव ०१ अंकले ओरालो लागेको छ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार १५:१९