सानिमा जनरल इन्स्योरेन्सको वीरगंज शाखा कार्यालय समुद्धघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा जनरल इन्स्योरेन्सको वीरगंज शाखा कार्यालय समुद्धघाटन



काठमाडाैँ । सानिमा जनरल इन्स्योरेन्स, वीरगंज शाखा कार्यालयको विधिवत् समुद्धघाटन भएकाे छ । कार्तिक १३ गते  कम्पनीका सहायक महा प्रवन्धक  राजु पौडेल तथा सहायक महा प्रवन्धक  अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेम राज लामिछानेबाट सुसम्पन्न भएकाे हाे  । यस कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको छिटो छरितो, सर्वसुलभ पहँुच साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १६:३३