साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औ बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

साँग्रिला डेभलपमेन्ट बैंक लि. १५ औ बर्षमा प्रवेश



काठमाडाै । काठमाडाैको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं बर्ष सफलतापूूर्वक पुुरा गरि १५ औंै बर्षमा प्रवेश गरेको छ । यस सुुखद–अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण समेत गरेको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आई रहेको छ । यस विकास बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गर्दछौं गरेको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १६:५९