माथिल्लो तामाकोशी हाइड्रोपावरले आईपीओको बिक्री खुलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

माथिल्लो तामाकोशी हाइड्रोपावरले आईपीओको बिक्री खुलायो



काठमाडौ । माथिल्लो तामाकोशी हाइड्रोपावरले भोलिदेखि कात्तिक १५ गतेदेखि आईपीओ बिक्री खुल्ला गरेको  छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।

बिक्री प्रबन्धकको काम प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो शेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरिसकेको छ । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहीबार १२:०९