आइएमई र समय रेष्टुरेन्टवीच सम्झौता आइएमई प्रिभिलेज कार्डवाहक ग्राहीहरूलाई १०प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई र समय रेष्टुरेन्टवीच सम्झौता आइएमई प्रिभिलेज कार्डवाहक ग्राहीहरूलाई १०प्रतिशत छुट



काठमाडौं।काठमाडौं पानी पोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुर स्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बार वीच सम्झौता भएको छ ।सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा१०प्रतिशत विशेष छुट पाउने छन् ।

समय रेष्टुरेन्टतथा बारका सबै आउटलेटमा यो सम्झौतालागु हुनेछ ।यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्ने छ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फ बाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।यो सम्झौता यहि मिति २०७५ साल कात्तिक १५गतेदेखि एक वर्ष सम्म लागु हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत्वि देशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवर बाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार १२:१८