दराज ११.११– विश्वकै सबै भन्दा ठूलो सेल डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दराज ११.११– विश्वकै सबै भन्दा ठूलो सेल डे



काठमाडौं । नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले यहीआउँदो नोभेम्बर ११मा नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने तयारी गरेको छ । यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ। नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको छ ।

दराज ११.११ सेल नोभेम्बर ११ (कार्तिक २५ गते )को मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ। यो बिक्रीउत्सवमा ८० प्रतिशत सम्मको महा छुट प्रदान गरिनेछ । यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । १००० भन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरुका साथ यस भन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको अब पहुँच हुनेछ । ११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमाअनुभव दिलाउनेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक  राजीव अमात्यले प्रष्ट पार्दै भने “हामी हाम्रा ग्राहकहरुलाई यस्तो चिज दिंदैछौं जुनवहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएनः ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदानगर्ने छ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन् ।”

११.११ मा कसकसलेभारी भरकम छुट दिइरहेका छन्?

दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनमगीयर्स र होलिडे प्याकेजहरुले आकर्शक डिलहरुका साथ थप भाउचरहरु प्रदान गर्ने छन् ।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै)उत्पादनका विविधिकरणहरु अत्याधिक मूल्य कटौतीका साथ देख्न सकिने छ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागी हुँदै छन्, त्यो पनि उत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरु प्रदान गरेर ।

दराज ११.११ लाई कसरी सजिलै प्राप्तगर्न सकिन्छ ?

स्मार्टफोन भएकाएकले दराजएप तुरुन्तै डाउनलोड गर्नु पर्छ अनि हजारौ उत्पादनहरुमा पाइने उत्कृष्ट छुट एवं डिलहरु सम्म सहज पहुँच हुनेछ ।
१. ग्राहकहरुले नयाँ र उत्साहजनक ११.११ डिलहरुमा पहुँच पाउन दराजएप डाउनलोड गर्नु पर्दछ । उनीहरुले त्यसलाई आफ्नो शपिगँ कार्टमाजोड्न सक्नेछन् र नोभेम्बर ११रकार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका लागितयार रहन सक्ने छन् ।

२. ग्राहकहरुले आफ्नो प्रिय ब्राण्डहरुको तर्फबाट डिलहरु र भाउचरहरु उपलब्धभएको देख्न सक्नेछन् र पछिल्लो डिलहरुको बारेमाजानकार भैरहनओपचारिक स्टोरहरु फलो गनु पर्नेछ ।

३. ११.११ सेल अचम्मै अचम्मले भरिएको हुनेछ। फ्ल्यास सेल्स,मिस्ट्री बक्स्, अय डिलहरुर भाउचरहरु हरेक घण्टामा प्रस्तुत भैरहनेछन्–ग्राहकले जति धेरै ११.११ मा एपअवलो कन गर्दछ, त्यति नै उत्ृकष्ट अनुभव हासिल गर्नेछन ।

दराजएपसँगक्यूआर कोड स्क्यानगर्नुहोस् र आकर्षक पुरस्कारहरु जित्नुहोस् ।

एक धमाकाका साथ ११.११ को शुभारम्भ गर्न, दराजले स्ट्याण्डिज र फ्लाएरहरु जस्ता विभिन्न माध्यमहरुमा क्यूआर कोडहरु प्रदर्शन गरि रहेको हुनेछ । यस्ता माध्यमहरु विभिन्न बैकका शाखाहरु, १०० भन्दा धेरै रेष्टुँराहरु, मानव बिल बोर्डहरु जो सार्वजनिक स्थलहरुमा घुमिरहनेछ, दराजको डेलिभरी प्याकेजहरु, र दराज समाजिक सञ्जाल पेजहरु तथा इ– समाचार पत्रहरुमा प्रदर्शित गरिने छन् ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार १३:२३