कैलाश विकास बैंकले ११ करोड ५७ लाख रुपैयाँ कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कैलाश विकास बैंकले ११ करोड ५७ लाख रुपैयाँ कमायो



काठमाडौ । कैलाश विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख रुपैयाँ कमाएको छ । यो बैंकको यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड ९२ लाख रुपैयाँ मात्रै थियो ।

यो बैंकले १८ अर्ब ६२ करोडको गत वर्ष संकलन भएको निक्षेपलाई यो बर्ष बढाएर २४ अर्ब २५ करोड बनाएको छ । यसले यो वर्ष कर्जा विस्तार भने १५ अर्ब ९८ करोडबाट बढाएर २० अर्ब ९२ करोड पुर्याएको छ । बैंकले उक्त अवधिमा निक्षेप १ अर्ब ३९ करोडले बढाएको छ भने कर्जा विस्तार ८० करोडले गरेको छ ।

यो बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ राखेको छ । यो बैंकले गत आवसम्ममा व्याज आम्दानीबाट ७३ करोड ६४ लाख कमाएको छ भने यसवापतको खर्च ४६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यसको खराब कर्जा अनुपात ०.३० प्रतिशत मात्रै छ भने सीडी रेसियो ७५.१४ प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी १८.०३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.८७ रुपैयाँ रहेको छ ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार ११:००