कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्धः खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्धः खनाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणपछि स्थीरता कायम भएपनि कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका छन् ।

इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले आइतबार काठमाडौंमा गरेको इलाम लगानी सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा उनले नीतिगत कमजोरी पन्छाउँदै लगानीमैत्री वातावरण तयार पार्न ढिला भइसकेको बताए ।

नेता खनालले विकास र समृद्धिमा सबैको ध्यानकेन्द्रित गर्नुपर्ने भन्दै विकासको व्यापक सम्भावना रहेको इलाममा पूर्वाधारहरुको निर्माण गरी लगानीलाई प्रोत्साहन गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रको समृद्धिका लागि निजी क्षेत्रबारे सरकारले प्रस्ट धारणा बनाउँदै उनीहरुलाई सहयोग गर्नुपर्ने बताए ।

इलाममा यही कात्तिक २५ गते लगानी सम्मेलन आयोजना हुँदैछ ।

जिल्लामा लगानी प्रवर्धन गर्न इलाम नगरपालिकाका मेयर महेश बस्नेत संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १४:२७