राष्ट्रिय सहकारी बैंकको साधारणसभा फागुन १५ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

राष्ट्रिय सहकारी बैंकको साधारणसभा फागुन १५ मा



ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा ०७२ फागुन १५ गते शनिवार काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ ।
बैंक सञ्चालक समितिको मंगलवार बसेको सञ्चालक समितिको वैठकले उक्त दिन साधारणसभा गर्ने निर्णय गरेको हो ।
यस अगाडि मंसिर २६ गतेका लागि तोकिएको साधारणसभा मधेसमा देखिएको असहज परिस्थितिका कारण स्थगित गरिएको थियो ।
साधारणसभाले गत आर्थिक वर्षको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको प्रस्तावित योजना तथा बजेट पारित गर्ने जनाइएको छ । यस्तै साधारणसभामा बैंकका शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १३ प्रतिशत लांभाश वितरणका लागि प्रस्ताव लगिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मुलुकभरका सबै सहकारी सघसंस्थाहरुको एक मात्र सहकारी बैंकमा हाल ८ हजार शेयर सदस्य, ७० करोड शेयर रकम, ९ अर्ब ५८ करोड निक्षेप, ४ अर्ब ५० करोड लगानी रहेको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिनुभयो । बैंकले ३५ वटा शाखा र केन्द्रीय कार्यालयबाट करिब ११ अर्बको कुल कारोबार गरेको छ ।

प्रकाशित : २९ पुष २०७२, बुधबार १६:४२