Feature News

आइएमई र पल्पसा क्याफे वीच सम्झौता आइएमई प्रिभिलेज कार्डवाहक सेवा ग्राहीहरूलाई १५ प्रतिशत छुट



काठमाडौं।काठमाडौं पानी पोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौं स्थित बसन्तपुरमा अवस्थित पल्पसाक्याफे वीच सम्झौता भएको छ ।सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले  उक्त क्यापफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन् ।

यो सुविधालिनकालागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फ बाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसाक्याफेको तर्फ बाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् ।यो सम्झौता यहि मिति २०७५ साल असोज २४ गते देखि दुई वर्ष सम्म लागु हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १सय ८४ आइएमई सेन्टर सहित ७७जिल्लाका८ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवर बाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १२:५८