नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध



काठमाडौं । विवाह पञ्चमीको दिन नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध भएको छ । भारतको कंग्रेस आईले मोदीको सम्भावित नेपाल भ्रमणप्रति आपत्ति जनाएको हो ।

आगामी लोकसभाको निर्वाचनअघि नै मोदी नेपाल भ्रमण गर्न चाहेपनि विपक्षी कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीको नामै किटेर मोदीलाई धेरै महत्व नदिन नेपाल सरकारलाई सुझाव दिएको भन्ने समाचार आएपछि मोदीको नेपाल भ्रमण अनिश्चित बन्ने भएको छ ।

सोमबार बिहान विराटनगर पुगेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मोदी नेपाल नआएमा धेरै ठूलो समाचार नहुने भन्दै त्यसको संकेत गरेका छन् ।

उनले मोदी धेरै पटक नेपाल आइसकेको र अब आउने भनिए पनि नआएमा धेरै ठूलो समाचार हुन्न भनेका थिए ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १६:१९