मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले वृद्धि



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा करिब ४८ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले सो त्रैमासमा २० करोड ३ लाख रुपैंया खुद मुनाफा कमाएको छ, यो आम्दानी प्रतिशेयर ३०.९३ रुपैंया बराबरको हो । अघिल्लो आवको सोही समयमा बैंकको नाफा १३ करोड ५४ लाख रुपैंया थियो । सो अवधिमा कुल निक्षेप बढाएर ३३ अर्ब २५ करोड रुपैंया पुर्याउँदा २८ अर्ब ८५ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको निक्षेप संकलन १९ अर्ब ५४ करोड थियो भने कर्जा लगानी १६ करोड ८० करोड रुपैंया थियो ।

बैंकले तीन महिनाको अवधिमा ४२ करोड ५७ लाख रुपैंया खुद ब्याज आम्दानी गर्दा निष्क्रिय कर्जा अनुपातलाई ०.०२ प्रतिशतमा कायम राखेको छ, यो नगन्य प्रतिशत हो ।बैंकको लगानीयोग्य कोषको लागत ८.३३ प्रतिशत र आधार ब्याजदर ११.८९ प्रतिशत हुँदा ब्याजदरको स्प्रेडदर ६.४४ प्रतिशत कायम गरेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १६:२५