सिर्जना फाइनान्सले २४.५० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिर्जना फाइनान्सले २४.५० प्रतिशत लाभांश दिने



काठमाडाै / सिर्जना फाइनान्सले २४.५० प्रतिशत लाभांश दिने भएको छ । सिर्जनाको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम ४० करोड ६ लाख ८० हजार रुपैयाँ पुँजीबाट लाभांश दिन लागेको हो ।

सिर्जनाले १५ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो फइनान्सले ४६ लाख ९९ हजार रुपैयाा खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रकाशित : २० कार्तिक २०७५, मंगलवार १२:१५