फुडमाण्डू ८ औं वर्षमा, स्थापना दिवसको अवसरमा हरेक अर्डरमा ८ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

फुडमाण्डू ८ औं वर्षमा, स्थापना दिवसको अवसरमा हरेक अर्डरमा ८ प्रतिशत छुट



काठमाडौं । काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिरहेको छ ।

आफ्नो आठौं स्थापना दिवशको अवसरमा फुडमान्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वर आजको दिन हरेक अर्डरमा ८ प्रतिसतको छुट दिने भएको छ ।

साथै ८ जना भाग्यशाली उपभोक्ताले आउँदो ८ महिना सम्म प्रत्येक महिना रु. ८०० बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने पनि कम्पनीले जनाएको छ।

आफ्नो उपभोक्ता र आवद्ध रेष्टुरेण्टहरुलाई धन्यवाद दिंदै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले भने, ‘आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टी प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्दछौं ।’

प्रकाशित : २५ कार्तिक २०७५, आईतवार १३:५८