फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे खुद मुनाफा १८ दशमलव ५६ %ले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे खुद मुनाफा १८ दशमलव ५६ %ले वृद्धि



काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा १८ दशमलव ५६ प्रतिशतले वृद्धि गरी ८ करोड ४ लाख रुपैयाँ कमाएको छ ।  अघिल्लो वर्षको सोहि अवधिमा माइक्रोफाइनान्सले  ६ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाले जगेडाकोषमा ८१ करोड ८९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ८ अर्ब ११ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको खुद व्याज आम्दानी १५ दशमलव ३८ प्रतिशतले बढेर १८ करोड ८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव ८६ प्रतिशतले बढेर १२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यसले प्रोभिजनमा ५५ लाख रुपैयाँ राखेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ६१ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १३ दशमलव १७ प्रतिशत रहेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक १०७ दशमलव १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३७२ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ७४ प्रतिशत रहेको छ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १२:११