झुटा समाचारको कसरी सामना गर्ने ? हेर्नुस् बीबीसी हिन्दीको यो सूचनामुलक भिडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

झुटा समाचारको कसरी सामना गर्ने ? हेर्नुस् बीबीसी हिन्दीको यो सूचनामुलक भिडियो



बेलायती समाचार संस्था बीबीसीले झुटा समाचारविरुद्ध आजदेखि विश्वव्यापी रुपमा अभियान सुरु गरेको छ । विश्वभर सामाजिक तथा राजनीतिक रुपमा हानी पु¥याइरहेको र कहिलेकाहीँ हिंसा र मृत्युसमेत निम्त्याइरहेको भन्दै बीबीसीले ‘बियोन्ड फेक न्युज प्रोजेक्ट’ सुरु गरेको हो । यसको उद्देश्य विश्वभर मिडिया साक्षरता बढाउनु रहेको बताइएको छ ।

यसैअभियानअन्तर्गत बीबीसीले आज आज भारतका दिल्ली, लखनउलगायत ६ प्रमुख शहरमा विशेष कार्यक्रम आयोजना गरिरहेको छ । कार्यक्रममा सरकारी अधिकारी, नेता, प्रहरी, आमसञ्चार माध्यम, साइबर जानकार र गलत समाचारका पीडितलगायतको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १२:५४