सामुदायिक लघुवित्तको आईपीओ मंसिर २ गतेदेखि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामुदायिक लघुवित्तको आईपीओ मंसिर २ गतेदेखि खुल्ने



काठमाडौं । सामुदायिक लघुवित्त कम्पनीको आईपीओ मंसिर २ गतेदेखि खुल्ने भएको छ । कम्पनीको ३ लाख कित्ता आर्इपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ ।

कुल निष्कासन आर्इपीओमध्ये १२ हजार कित्ता शेयर कर्मचारी र १५ हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याइनेछ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला हुनेछ ।लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । सामुदायिकले आर्इपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ ।

 

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १३:०६