बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्तामा निराशा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्तामा निराशा



काठमाडौं । अनलाईन कारोबार प्रणालीले नेप्से परिसुचक कारोबार रकम दुबै बढ्नुको सट्टा दुबै ओरालो लागेका छ । सैगरी सोमबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै आरोलो लागेको बजारमा अन्तमा १३ अंकको गिरावट आयो । बजारमा कारोबार रकम आईतबारको तुलनमा सुधार आएपनि १३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री हुन सकेन ।

 

सोमबार बजारमा फाईनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ९२ अंकले ओरालो लागेको छ ।

बजारमा दिनभर १ सय ३१ कम्पनीको ४ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सो समुहको परिसुचक १० अंकले घट्दा माईक्रोफाइनान्स समुहको परिसुचकमा २३ र विकास बैंक समुहको परिसुचक ७ दशलमव ६३ अंकले घट्न पुगेको छ ।  अनलाईन प्रणालीमा त्रुटि भएकै कारण आईतबार लामो समयपछिको सबैभन्दा न्युन कारोबार भयो भने बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १५:४०