नेप्से भन्छ- समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यममा भएको हो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेप्से भन्छ- समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यममा भएको हो



काठमाडाै । नेपाल स्टक एक्सचेन्जमा निरन्तर अनलाइन समस्या देखिएको छ । नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीलाई क्रमिक रुपमा सुधार गरी समस्या समाधान गर्न पहल भइरहेको बताएको छ ।

 

सोमबार एक सुचना जारी गर्दै नेप्सेले भन्यो ‘नयाँ प्रणाली स्थापना भएपछि लगानीकर्ताले सामाना गर्नुपरेको मुख्य समस्या कारोबार विवरण रियल टाइममा हेर्न नपाउने थियो । यो समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या हो,’ ।

नेप्से कारोबार प्रणालीमा भएको विवरण (एपीआई) मार्फत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सेचन्ज मा केही समस्या भएका कारण विवरण पठाउन नसक्दा सर्वसाधारणले वेबसाइटमार्फत अपडेट गरिएका सूचना पाउन नसकेका थिए । र हाल यो समस्या अहिले समाधान भइसकेको जानकारी गरेको छ ।

लगानीकर्ताले एउटा ब्रोकरमा देखिरहेको मूल्य र अर्को ब्रोकरमा देखिने मूल्य फरक परेको गुनासो गरेका छन् । नयाँ प्रणालीमा प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा समस्या उत्पन्न हुँदा मूल्य फरक देखिएको नेप्सेको भनाई छ ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १५:२८