मंगलबार नेप्से १३ दशमलव ९७ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार नेप्से १३ दशमलव ९७ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १३ दशमलव ९७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १५० कम्पनीको ६ लाख ५५ हजार ५ सय ९७ कित्त सेयर बाट १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्सले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह ७७ दशमलव ०९ अंकले उकलो लागेको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ७५ दशमलव १४ अंकले, होटल समुह ३६ दशमलव ५७ अंकले, बैँक समुह १४ दशमलव ६९ अंकले, विकास बैँक समुह १२ दशमलव ५९ अंकले, लघुवित्त समुह १० दशमलव ५८ अंकले, अन्य समुह ६ दशमलव ५६ अंकले र जलविधुत समुह ० दशमलव २८ अंकले उकालो लागेको छ ।
आज फाइनान्स समुह भने ओरालो लागेको छ । आज फाइनान्स समुह ० दशमलव २५ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १५:१७