सानिमा माई हाइड्रोपावरको खुद नाफा २८.९७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा माई हाइड्रोपावरको खुद नाफा २८.९७ प्रतिशतले बढ्यो



काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा मुनाफा १९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २८ दशमलव ९७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १५ करोड १९ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी बढेपछि खुद नाफा पनि बढेको हो । यो त्रैमासमा विद्युत बिक्रीबाट ३१ करोड ९२ लाख ९२ हजार ६३६ रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने २८ करोड ३१ लाख ७३ हजार ९३९ रुपैयाँ रहेको थियो ।

२ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमाले १४ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको सम्पत्तिमा ५ दशमलव ९१ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफामा १६ दशमलव ०१ प्रतिशतले वृद्धि गरी २६ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी  ९ रुपैयाँ २९ पैसा छ, प्रतिशेयर नेटवर्थ १ सय ३९ रुपैयाँ र बजार शेयर मुल्य ३ सय २७ रुपैयाँ रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १३:०७